लेडी जेसीज सप्ताह समापन

साझाकुरा
२०८० कार्तिक २०, सोमबार ०९:२८

हेटौंडा- हेटौंडा लेडी जेसीजको सप्ताहव्यापी कार्यक्रम शनिबार समापन भएको छ । कात्तिक १५ गतेबाट विविध कार्यक्रमसहित सुरु भएको जेसीज सप्ताह शनिबार समापन भएको हो ।हेटौंडा लेडी जेसीज वर्ष २०२३ का अध्यक्ष डिलमाया घर्तीको सभाध्यक्षमा तथा बागमती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रम भएको हो ।

कार्यक्रममा जेसीजले जेसीज सप्ताहअन्तर्गत् ८ वटा कार्यक्रममा सहभागी तथा विजेता बनेकालाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको समापन पुरस्कार वितरण तथा समापान संयोजक इन्दिरा बानियाँले गरेकी थिइन् । समापान तथा पुरस्कार वितरण कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, हेटौंडा–१५ नम्बर वडा अध्यक्ष सुनील मोक्तान, ८ नम्बर वडा अध्यक्ष रामकृष्ण थापा, गायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*