ग्यासको टंयाकीमा बसेर चुरोट सल्काएपछि…

साझाकुरा
२०८० कार्तिक २०, सोमबार ०९:३५

हेटौंडा-हेटौंडामा आइतबार दिउँसो गोबर ग्यासको टंयाकी बसेर चुरोट सल्काएपछि आगलागी हुँदा एक युवक घाइते भएका छन् ।गोबर ग्यासभित्र चुरोट सल्काउन ज्वलनशील पदार्थ लाइटर कोरेपछि एक्कासी आगो लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । हेटौंडा उपमहानगरपालिका–६, हात्तिलेट बस्ने २६ वर्षीय समित राई आगलागीबाट घाइते भएका छन् । प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले दिउँसो १ बजेर ५ मिनेटको समयमा राई छिमेकीको गोबर ग्यासको टंयाकी सफा गर्ने क्रममा टंयाकीभित्र पसेका थिए ।

राइले उनले गोबर ग्यासभित्रै बसेर आफैं चुरोट सल्काउन खोज्दा अचानक शरिरमा आगोलागी हुँदा शरिरको विभिन्न भाग जलेर घाइते भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । घाइते उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको थियो । उनको हेटौंडा अस्पताल उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौंस्थित वीर अस्पतालमा रिफर गरिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*