प्रविधिमैत्री कृषि गर्नु आवश्यक छः कृषिमन्त्री श्रेष्ठ

साझाकुरा
२०८० कार्तिक २१, मंगलवार ०९:५८

हेटौंडा- बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले कृषि पेशामा आवद्ध कृषकहरुलाई प्रविधिमैत्री भएर कृषि गर्न आग्रह गरेका छन् ।राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार हेटौंडामा आयोजना गरेको बागमती प्रदेश स्तरीय कृषि गणना–२०७८ को नतिजा सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले तथ्याड्ढको तथ्य घट्दा र बढ्दाको अवस्थामा स्थानीय र प्रदेश सरकारले बढी ध्यान दिनुपर्ने बताए । सार्वजनिक तथ्याड्ढलाई आत्मसात गर्दै प्रदेश सरकारले पनि सोहीअनुरुप कार्यान्वयनमा लैजानु पर्ने भन्दै उनले आजको आवश्यक्ता प्रविधि अवलम्बन भएकाले यसलाई उपयोग गरी पेशा गर्न जोडिनुपर्ने बताए । उनले थोरै जमिनमा धेरै उत्पादन गर्नतर्फ किसान उन्मुख हुनुपर्ने बताए ।

कृषकले रसायनिक मलको उपलब्धतालाई मध्यनजर गर्दै प्राङ्गारिक मल प्रयोगमा जोड दिनुपर्ने श्रेष्ठले बताए । राष्ट्रिय तथ्याड्ढ कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले सारांशमा मुख्य विषयवस्तु समेटिएको राष्ट्रिय कृषि गणनाको प्रदेशस्तरीय नतिजाको प्रस्तुति प्रस्तुत गरेका थिए ।सात सय ५३ वटै स्थानीय सरकारको संरचनागत रुपमा कृषि गणना गरिएको निर्देशक कार्कीले बताए । प्रतिनिधित्व हुने गरी तीन लाख ३० हजार एकसय १२ कृषक परिवार छनौट गरी कागजी र ट्याबलेटमार्फत् तथ्याड्ढ संकलन गरिएको कार्कीले बताए । कृषक परिवार सुचिकरण लगत, कृषक परिवार प्रश्नावली र वडास्तरीय सामुदायिक प्रश्नावली तयार पारी ७ हजार जनशक्ति परिचालन गरी तथ्याड्ढ लिइएको उनले जनाए ।

यसमा तपाइको मत

Your email address will not be published.


*