प्रशासनद्वारा चाडपर्व लक्षित अनुगमन

साझाकुरा
२०८० कार्तिक २१, मंगलवार १०:०२

हेटौंडा- जिल्ला प्रशासन कार्यालय मकवानपुरले चाडपर्व लक्षित बजार अनुगमनलाई निरन्तरता दिएको छ ।सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाको स्कुलरोडमा रहेका ९ ओटा खाद्यान्न पसलहरुमा अनुगमन गरेको हो । प्रशासनले अनुगमनका क्रममा कमिकजोरी भेटिएका तीन वटा पसललाई जरिवाना गराएको छ । अन्यलाई पसलमा सचेत गराएको प्रशासनले जनाएको छ ।

खाद्य वस्तुको उपभोग्य म्याद गुज्रिएको विभिन्न सामग्री रिप्याकेजिङ गर्ने र चिनीको कृतिम अभाव सिर्जना गर्ने हिरालाल साह कलवारको घरसंसार मार्टलाई ५०÷५० हजार रुपैयाँ र चिनीको खरिद विल लुकाउने श्री ट्रेडर्सलाई १० हजार जरिवाना गरेको छ ।अनुगमनमा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष बासुप्रसाद खतिवडा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक विक्रम मगर, घरेलु तथा साना उद्योग कार्यालयका दिपक घिमिरे, उद्योग वाणिज्य संघ मकवानपुरका प्रतिनिधि सुजन सुवेदीलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*