मकवानपुरका राई विरगञ्जबाट पक्राउ

साझाकुरा
२०८० कार्तिक २३, बिहीबार ०९:११

हेटौंडा- पर्सास्थित बीरगञ्ज महानगरपालिकाबाट मकवानपुरको मनहरी गाउँपालिका घर भएका कृष्णबहादुर राई अवैध लागूऔषधसहित पक्राउ परेका छन् । राई लागूऔषध नाईट्राभेट ५ सय २५ ट्याब्लेटसहित वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट सोमबार पक्राउ परेको प्रहरीले जनाएको छ । राईलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*