राक्सिराङबाट २१ बुँद्धे घोषणा पत्र जारी

साझाकुरा
२०८० कार्तिक २३, बिहीबार ०९:२२

हेटौंडा-राक्सिराङ गाउँपालिकामा वन तथा जैविक विविधता संरक्षण, वातावरण व्यवस्थापन एवम समुदाय सशक्तिकरण विषयमा २१ बुँद्धे घोषणा पत्र जारी भएको छ ।राक्सिराङ गाउँपालिकाको आयोजना तथा डिभिजन वन कार्यालय राप्ति, राष्ट्रिय जनवकालत मञ्च नेपाल (नाफान) र सामुदायिक वन उपभोक्ता महासंघ राक्सिराङको सहकार्यमा वन उपभोक्ता समूह, नागरिक समाज तथा जनप्रतिनिधिहरुबीच सामुदायिक वन व्यवस्थापन सम्बन्धी २१ बुद्धे प्रतिबद्धता सहितको घोषणा पत्र जारी गरेको हो ।

कार्यक्रममा राष्ट्रिय जनवकालत मञ्च नेपाल (नाफान)का सह–सचिव चन्द्रप्रसाद थानीले वन तथा जैविक विविधता संरक्षण, वातावरण व्यवस्थापन तथा समुदाय सशक्तिकरण विषयमा कार्यपत्र प्रस्तुति गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले वन ऐन नीति नियमअनुसार कानुनको पालन गर्नुपर्ने बताए ।

पालिकाभित्र दर्ता भएका वन समितिले आफ्नो कार्यहरु चुस्तदुरुस्त राख्नसमेत आग्रह गरे । ‘हामी भू–उपयोग नीति लागु गर्दैछौं, यसमा वन समितिको साथ अनिवार्य चाहिन्छ, पर्यापर्यटनको प्रचुर सम्भावना रहेको स्थानको खोजी र विभिन्न आम्दानीको स्रोत खोजी गर्दै आयमूलक काममा स्थानीय सरकारको सधै साथ सहयोग रहनेसमेत बताए । गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय राप्ति मनहरीका अधिकृत लोकराज नेपाल, सव डिभिजन वन कार्यालय राक्सिराङका दिनेश सत्याल, वडा नम्बर–३ का वडाध्यक्ष उत्तम वाइबा, ५ नम्बरका वडाध्यक्ष हरिबहादुर प्रजा, ६ नम्बर वडाध्यक्ष अक्कलबहादुर मोक्तान र ७ नम्बर वडाध्यक्ष राम बहादुर प्रजाको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*