दुग्ध कारोबार गर्ने संस्थासँग उपमहानगरको छलफल

साझाकुरा
२०८० कार्तिक २३, बिहीबार ०९:२५

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले उपमहानगरभित्र रहेका दुग्ध कारोबार गर्ने सहकारी संघसंस्थासँग छलफल गरेको छ ।उपमहानगरले सदस्य संस्थाहरुको अध्यक्ष व्यवस्थापकहरुसँग अन्तरक्रिया गर्दै दुग्धजन्य पदार्थको बिक्री वितरणमा देखिएको समस्या बारे बुझेको थियो । हेटौंडा उपमहानगरपालिकाले किसानहरुको समस्यामा सरोकारवालासँग सहकार्य गरी उपमहानगरभित्र रहेको दुग्ध सहकारी संस्थाहरुलाई चाँडो समस्या हल गर्दै जाने नगर उपप्रमुख राजेश बानियाँले प्रतिवद्धता जनाएका छन ।

बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा हटौंडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइराला, १७ नम्बर वडा अध्यक्ष उद्धव सत्याल, हेटौंडा दुग्ध वितरक आयोजना प्रमुख नवीन शर्मा, हेटौंडा उपमहानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख राज्यश्वरी शाही, सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, बागमती प्रदेश दुग्ध विकास बोर्ड सदस्य बासुदेव अधिकारी, जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष हरिप्रसाद कंडेललगायतको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*