नक्कली नोटसहित हेटौंडाका चौलागाई पक्राउ

साझाकुरा
२०८० कार्तिक २५, शनिबार १४:२६

हेटौंडा- जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडाका एक युवकलाई नक्कली नोट सहित पक्राउ गरेको छ । बिहीवार दिउँसो हेटौंडा–१५ बाट नक्कली नोट हेटौंडा–६ का एक युवक पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–६ का ३० वर्र्षीय देवराज चौलागाई रहेको मकवानपुर प्रहरी प्रवक्ता एबम् डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । चौलागाईको साथबाट ५ सय दरका २० थान नक्कली नोट फेला पारी पक्राउ गरिएको भण्डारीले बताए । चौलागाईलाई हेटौंडा–१५ नयाँवस्तीस्थित भित्रि सडक खण्डबाट प्रदेश २–०३–००९ प ३८९८ नम्बरको स्कुटरमा नक्कली नोट राखेको अवस्थामा नक्कली नोट सहित पक्राउ गरेको प्रवक्ता भण्डारीले बताए ।

चौलागाईंलाई हिरासतमा राखेर थप अनुसन्धन भइरहेको जानकारी दिए । प्रहरीका अनुसार नेपाल राष्ट्र बैंक ऐन–२०५८ (संशोधित) अनुसार जाली नोटको कारोबार गरेमा बिगो जफत गरेर तीन गुणासम्म जरिवाना वा ३ वर्ष कैद अथवा दुवै सजाय हुने व्यवस्था छ । यस्तै मुलुकी अपराध संहिता–०७४ अनुसार ५ वर्षदेखि १० वर्ष कैद र पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*