स्कुटरको ठक्करबाट महिलाको मृत्यु

साझाकुरा
२०८० मंसिर २, शनिबार ११:१४

हेटौंडा-धरानचतरा सडक खण्डमा स्कुटरको ठक्करबाट शुक्रबार साँझ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१७, बाबुचोककी ४३ वर्षीय गोपिनी बिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । शुक्रबार साँझ ६ बजेर ३० मिनेटको समयमा हेटौंडा–१७, बाबुचोकस्थित धरानचतरा सडकखण्डमा ठुलोदमारबाट हटियातर्फ आउदै गरेको ना २५ प ८३५६ नम्बरको स्कुटरले पैदलयात्री गोपिनीलाई बाटो काट्ने क्रममा ठक्कर दिदा दुर्घटना भएको थियो ।

स्कुटरको ठक्करबाट गम्भिर घाईते भएकी गोपिनीलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा उपचारको क्रममा ६ बजेर ४६ मिनेटको समयमा गोपिनीलाई डक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । स्कुटर र स्कुटर चालक हेटौंडा–१, पिपलबोट बस्ने ३५ वर्षीय ईलेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*