मनहरीमा मनाइयो छठपूजा

साझाकुरा
२०८० मंसिर ४, सोमबार ११:५७

हेटौंडा-मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी बजारमा पनि छठपूजागरिएको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिएर यहाँका मधेसी समुदायले छठपर्व मनाएका हुन् ।मनहरी पुलमुनि व्यवस्थित गरिएको छठपूजामा मधेसी समुदायका अलावा मनहरीका लब्धप्रतिष्ठित ब्यक्तिहरु पनि सहभागी थिए ।

मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गणेशमान मानन्धर, पूर्वअध्यक्ष नारायण सुवेदी, मनहरी खेलकुद विकास समितिका अध्यक्ष बीरु लामा, मनहरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिष्णुप्रसाद भट्टसहितका पदाधिकारीहरु, सानाकिसान कृषि सहकारी संस्थाका प्रबन्धक ज्योति सुवेदी, मनहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष भुवनकुमार जोशीलगायत व्यावसायिक संघसंस्थाका प्रतिनिधि छठपूजामा सहभागी थिए ।

पूजामा सहभागीले छठीमाताले मधेसी समुदायको मात्र नभई समग्र नेपालीको सुख, समृद्धि र उन्नतिको कामना गरेका छन् । पूजामा पञ्चेबाजाको समेत व्यवस्था गरिएको थियो । मनहरी छठपूजा समितिले पूजाको आयोजना तथा व्यवस्थापन गरेको हो । आज कात्तिक ४ गते सोमबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर पूजा गरेपछि छठपर्व विधिबत रुपमा समापन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*