थाहा महोत्सवमा ५२ कलाकार आउने
हेटौंडा-थाहा नगरपालिमा आगामी १४ मंसिरदेखि २५ मंसिरसम्म सञ्चालन हुने चौंथो थाहा महोत्सवमा ५२ जना कलाकार आउने भएका छन् ।महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारले प्रस्तुति दिने भएका छन् । मुख्य आयोजक थाहानगर उद्योग वाणिज्य संघका महासचिव जर्मलाल श्रेष्ठले हरेक दिन ख्यातिप्राप्त राष्ट्रिय कलाकारबाट सांगीतिक प्रस्तुती रहनेगरी कार्यक्रम तालिका बनाइएको जानकारीदिए । इन्द्रायणीचौरमा हुने महोत्सवमा प्रस्तुतीका लागि धेरैजसो कलाकारको टुंगो लागिसेकेको र केही ख्यातिप्राप्त कलाकारसँग कुरा भइरहेको उनले जानकारी दिए ।
श्रेष्ठकाअनुसार महोत्सवमा चर्चित गायक शिव परियार, सुगम पोखरेल, रचना रिमाल, एलिना चौहान, छेवाङ लामा, ज्योति मगर, अस्मिता अधिकारी, मिस्टर डि., दुर्गेश थापा, आस्था राउत, बद्री पंगेनी, राजु परियार, जीवन शर्मा, प्रताप दास, पशुपति शर्मा, रमेश प्रशाई, प्रिति आले, रमेशराज भट्टराई, बबिता बानिया (जेरी) लगायत कलाकार आउने भएका हुन् ।







