त्रिखण्डीमा ठूलो एकादशी मेलाको तयारी तीव्र
हेटौंडा- भीमफेदी गाउँपालिकाको भैंसेस्थित प्रसिद्ध आस्थावान् धार्मिकस्थल त्रिखण्डी मन्दिरमा ७ मंसिर बिहीवार हुने ठूलो एकादशी मेलाको तयारी तीव्र पारिएको छ ।त्रिखण्डीमा मौलिक परम्परा रीतिरिवाजयुक्त चाडपर्व बिगतदेखि लाग्दै आएको छ । बिहीबार हरिबोधनी ठूलो एकादशीका दिन पर्ने मेलामा हजारौं भक्तजन र व्रतालुको घुँईचो र हुने हुँदा जात्रा÷मेला व्यवस्थापन समिति अध्यक्ष प्रकाश रुम्बा, सचिव, संरक्षक तारा थिङलगायत ७ जनाको ब्यवस्थापन समिति गठन गरिएको छ ।जात्राका लागि मन्दिर क्षेत्रको रंगरोगन गरी सरसफाइ र पुल निर्माणको तयारी तीब्रगतिमा हुदै आएको सेवक लक्ष्मण दाहालले जानकारी गराए ।
एकादशीमा धार्मिक सहिष्णुता, मौलिक धर्मको परिचय, पहिचान शिव मन्दिरपरिसरमा ठूलो एकादशीको मेला हुने हुँदा पुण्य पवित्रको दिन जात्रामेला अवधिमा माछामासु, अण्डा र रक्सीको बिक्री बितरण निषेध गरिनेछ । सो स्थानमा जाने सडक सानो भएको र पार्किङस्थलको पनि अभावमा यो क्षेत्र निकै जोखियुक्त क्षेत्रको रुपमा परिचित छ । जात्रामा झैझगडा र अशान्ति र कुनै मानवीय क्षतिका घटना नघटुन् भनि मादकपदार्थ सेवन नगर्न स्थानीय प्रशासनमार्फत् समन्वय र आवश्यक सहकार्यको लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरिएको सेवक दाहालले बताए ।







