देशमा अराजकता निम्तिएको छः प्रदेशप्रमुख शर्मा

साझाकुरा
२०८० मंसिर ६, बुधबार १०:५९

हेटौंडा- बागमतीका प्रदेशप्रमुख यादवचन्द्र शर्माले नेपाली समाज अराजकतातर्फ गइरहेको टिप्पणी गरेका छन् ।हेटौंडामा मंगलबार भएको प्रदेश लोकसेवा आयोगको चौथो बार्षिकोत्सवमा बोल्दै प्रदेशप्रमुख शर्माले देशमा भइरहेको संक्रमणकालीन अवस्थाले अस्थिरतालाई निम्ता दिएको र सो अस्थिरताबाट समाजमा अराजकता सृजना भएको बताए । उनले राजनीति र प्रशासनका लागि संक्रमण रअस्थिरता हानिकारक हुने बताए । अराजकताका कारण राज्यका संरचनाहरु कमजोर बन्ने र देश संकटमा फस्ने भएकाले बेलैमासमस्या समाधानमा जुट्नु पर्ने उनले बताए ।

‘राजनीति र प्रशासनमा संक्रमण राम्रो मानिन्न । तन्किरहेको संक्रमणले अस्थिरता जन्मन्छ । अस्थिरताले अराजकता । अहिले समाज अराजकतातिरगइरहेको छ ।’, उनले भने,
‘अराजकताले राज्यका संरचना कमजोर बन्छन् र देशमा संकट निम्त्याउँछ । यो संकटको अन्त्यका लागि बेलैमा समाधान गर्नुपर्छ । त्यसका लागि समस्याहरु भित्र समाधान खोज्न जरुरी रहेको छ ।’, समाजको विकास क्रमसँगै विकृतिहरु निम्तिएकाले हाल देशमा विकृतिको पराकाष्ठाका रुपमा भ्रष्टाचार कायम भएको र त्यसलाई नियन्त्रण गर्न जरुरी रहेको उनले बताए ।

उनले प्रदेश लोकसेवा आयोगले निष्पक्ष र स्वतन्त्र रुपमा काम गरेर देशको पद्वतिलाई जोगाउने काम गरेको बताए । आयोगमा पनि केही समस्याहरु भएकाले त्यसको सुधारसँगै व्यवस्थापनमा अग्रसर हुनुपर्ने उनले बताए । ‘अहिले नियुक्त भएलगत्तै सरुवा माग्ने कर्मचारीको लर्को छ । यो गलत हो । त्यसलाई आयोग र सरकारको समन्वयमा समाधान गर्नुपर्छ । आयोगको सहमतिमा मात्र सरुवा हुने व्यवस्था गर्ने हो भने यो समस्या समाधान हुन्छ ।’, उनले भनेका छन् ।

यसैगरी, बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले आयोगबाट सम्पादन भएका कामहरु, आर्थिक वर्ष २०७९÷८० को अवधिमा ८२ वटा बढुवा सूचना, ९ वटा आन्तरीक अन्तर सेवा विज्ञापन, १० वटा अन्तरसेवा विज्ञापन, ५४ वटा खुल्ला प्रतियोगितात्मक र ६१ वटा समावेशी समूहका गरी एक सय ३४ वटा बढुवा सूचना तथा बिज्ञापनहरु प्रकाशन गरिएको जानकारी गराए । प्रकाशित विज्ञापनहरुबाट ९ सय ५० पदका लागि दरखास्त माग गरिएको बताउँदै श्रष्ठले प्रदेशमा हालसम्म सात सय १३ जनालाई स्थायी नियुक्तिका लागि सिफारिस गरिएको जनाए ।

यसमा तपाइको मत

Your email address will not be published.


*