मकवानपुरमा अज्ञात समूहद्वारा लुटपाट
हेटौंडा-मकवानपुरमा अज्ञात समूहद्वारा नगद १८ लाख लुटेर फरार भएका छन् । जिल्ला थाहा नगरपालिका–१ कुन्छालबाट धादिङ निलकण्ठ नगरपालिका वडा नम्बर ३ बस्ने ३३ बर्षीय सन्तोष श्रेष्ठको नगद १८ लाख लुटिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार श्रेष्ठले अपरिचित व्यक्तिसँग मोवाइलमा धादिङ नौबिसेस्थित १२ रोपनी जग्गा सुपथ मूल्यमा किन्ने कुरा गरी नगद १८ लाख लिएर आएका थिए । ती अपरिचित व्यक्तिसहित पाँच जनाको समुहले रकम लुटपाट गरेको भनी प्रहरी समक्ष जानकारी गराएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
आफू जग्गाको काम गर्ने अपरिचित ब्यक्तिले ९८६९….२७ मोवाइल नम्बरबाट फोन गरेको श्रेष्ठले प्रहरीलाई बयान दिएका छन् । उनका अनुसार ती ब्यक्ति मंगोलियन अनुहार भएको अन्दाजी ३५÷४० बर्षको रहेका छन् । घटनाको बारेमा जानकारी प्राप्त भएपछि प्रहरीको टोली अनुसन्धानमा खटिएको बताईएको छ ।







