टिजिटी क्लबले जित्यो दीपावली कप फुटबल उपाधि

साझाकुरा
२०८० मंसिर ६, बुधबार ११:२२

हेटौंडा- मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भएको पालिकास्तरीय दीपावलीकप फुटबल प्रतियोगितको उपाधि टिजिटी क्लबले हात पारेको छ । इन्द्रसरोवर गाउँपालिका–२ को कुलेखानी क्लबलाई ३–४ गोल अन्तरले टिजिटी ५ नम्बर वडाले पराजित गर्दै टिजिटीले जित हासिल गरेको हो ।विजयी भएसँगै टिजिटीले नगद १ लाख शिल्ड, मेडल, प्रमाणपत्र पुरस्कार पाएको छ । उपविजेता कुलेखानीले नगद ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ ।

प्रतियोगितामा तेस्रो भएको लिटल स्टारले नगद १५ हजार मेडल प्रमाणपत्र पाएको छ । गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीको प्रमुख आतिथ्यमा भएको पुरस्कार वितरण कार्यक्रममा गाउँपालिकाका पूर्वअध्यक्ष जीवन लामा, ४ नम्बर वडाध्यक्ष चन्द्रकुमार बल, सुरक्षाकर्मी लगायतको आतिथ्यता रहेको थियो । प्रतियोगितामा सेतिदेवी टिम उत्कृष्ट घोषित भएको थियो । सर्वाधिक गोलकर्ता मिलन लामा र उत्कृष्ट खेलाडी मनिष गोले घोषित भएको आशबहादुर ब्लोनले जानकारी दिए ।

इन्द्रसरोवर गाउँपालिका–४ फाखेलचौरमा १९ असोजबाट प्रतियोगिता सुरु भएको थियो । १६ टिमको सहभागिता रहेको प्रतियोगिता इन्द्रसरोवर गाउँपालिका–४ को सहयोगमा लालिमा युवा क्लबले आयोजना गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*