छोराको कुटपिटबाट आमाको मृत्यु

साझाकुरा
२०८० मंसिर ६, बुधबार ११:५८

हेटौंडा- मकवानपुरमा सौतेनी छोराको कुटपिटबाट मंगलबार एक महिलाको मृत्यु भएको छ । मनहरी गाउँपालिका–५ डिल्लिपुरमा घरायसी विवादका कारण सौतेनी छोराले कुटपिट गर्दा एक महिलाको मृत्यु भएको हो ।मृत्यु हुनेमा स्थानीय डिलबहादुर चेपाङको कान्छी श्रीमती अन्दाजी ५० वर्षीया सन्तमाया चेपाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरीका अनुसार, गत कात्तिक २७ गते विवाद हुँदा डिलबहादुरको जेठी श्रीमतीको छोरा अन्दाजी २६ वर्षीय ईन्द्रबहादुर चेपाङले सन्तमाया कुटपिट गरेका थिए ।

इन्द्रबहादुरको कुटपिटबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा लागिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको मकवानपुरका प्रहरी नायवउपरीक्षक भण्डारीले बताए ।कुटपिटमा संलग्न इन्द्रबहादुरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायवउपरीक्षक भण्डारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*