कार्कीलाई ह्वीलचियर सहयोग

साझाकुरा
२०८० मंसिर ७, बिहीबार १०:५७

हेटौंडा- सामाजिक सेवामा क्रियाशील सहयोगी मन नेपालले हेटौंडा–५ निवासी ६० वर्षीया सावित्री कार्कीलाई एकथान ह्वीलचियर प्रदान गरेको छ । विगत १४ वर्षदेखि थलिएर रहेकी सावित्रीले ह्वीलचियर भएर आफूलाई सजिलो हुने बताएपछि आफूले सहयोग गरेको सहयोगी मन नेपालका अध्यक्ष केदारप्रसाद चौलागाईंले बताए । संस्थाका बरिष्ठ सल्लाहकार शिव खनाल, हेटौंडा–६ का पूर्वअध्यक्ष अर्जुन चौलागाईं लगायतको सहयोगमा ह्वीलचियर प्रदान गरिएको हो । ह्वीलचियर प्राप्त गरेपछि सावित्रीले खुशी व्यक्त गरिन् । आफूलाई आगामी दिनमा ह्वीलचियरबाटनिकै सजिलो हुने भन्दै सहयोग गर्ने संस्था सहयोगी मनलाई उनले आभार व्यक्त गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*