मकवानपुरसहित पाँच जिल्लाका पत्रकारलाई अनलाईन तालिम

साझाकुरा
२०८० मंसिर ७, बिहीबार १०:५९

हेटौंडा-सञ्चार रजिष्ट्रारको कार्यालय हेटौंडाको आयोजनामा मंगलवारदेखि काभ्रेको धुलिखेलमा मल्टिमिडिया तथा अनलाइन पत्रकारिता तालिम सुरु भएको छ । तालिममा दोलखा, मकवानपुर, काठमाडौं, ललितपुर र चितवनका २५ जना पत्रकारको सहभागिता रहेको छ ।बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले प्रदेशका पत्रकारको गुणस्तर बृद्धिगर्नका लागि तालिमको आयोजना गरिएको बताए । उनले आगामी दिनमा थप जिम्मेवार र जवाफदेही भएर पत्रकारिता गर्न सहभागीलाई आग्रह गरे ।

पाँच दिनसम्म चल्ने तालिममा प्रशिक्षकद्वय प्रवेश सुवेदी र बिनोद ढुंगेलले प्रशिक्षण दिनेछन् । तालिम कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालय उपसचिव (कानून)÷प्रवक्ता मेनुका घिमिरे, बागमती प्रदेश सूचना पुनरावेदन समिति अध्यक्ष हरि अधिकारी, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारुमगर लगायतको सहभागिता रहेको थियो ।

सञ्चार रजिष्ट्रारको कार्यालय हेटौंडाले पत्रकारको क्षमता अभिबृद्धि गर्नका लागि महिला पत्रकारलाई समाचार सम्पादन, प्राविधिक र व्यवस्थापक तालिम, मोबाइल पत्रकारिता तालिम, डेटा ड्रिभन लगायत तालिमहरु सञ्चालन गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*