मकवानपुरसहित ३५ जिल्लामा पुगे स्टक ब्रोकरका शाखा

साझाकुरा
२०८० मंसिर ७, बिहीबार ११:०२

हेटौंडा-स्टक ब्रोकर कम्पनीहरुले विभिन्न जिल्लामा शाखा विस्तारको क्रमलाई बढाएका छन् । मकवानपुरसहित देशका ३५ जिल्लामा ब्रोकर कम्पनीहरुले शाखा विस्तार गरेका छन् ।नेपाल स्टक एक्स्चेन्जका अनुसार देशभर ८२ वटा स्टक ब्रोकर कम्पनी सञ्चालनमा छन् । यीमध्ये केहीले भने सीमित कारोबार गर्न सक्नेछन् । सञ्चालनमा रहेका यी ८२ स्टक ब्रोकरमध्ये ४३ कम्पनीले काठमाडौंबाहिर शाखा विस्तारगरेका छन् भने ३९ कम्पनी काठमाडौंमा मात्रै सञ्चालनमा छन् । काठमाडौंबाहिर कास्की जिल्लामा सबैभन्दा धेरै ९ ब्रोकर कम्पनीका शाखा विस्तार भएका छन् ।

मकवानपुरमा भने तीनवटा ब्रोकर कम्पनी सञ्चालनमा छन् । मकवानपुरमा स्वर्णलक्ष्मी सेक्युरिटिज, भृकुटी र अर्काे एक कम्पनी सञ्चालनमा रहेको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ । सहरी क्षेत्र भएका जिल्लामा धेरै कम्पनीका शाखा विस्तार भएको छ । कास्कीपछि झापा, चितवन, रुपन्देही, मोरङजस्ता जिल्लामा ब्रोकरको संख्या उल्लेख्य देखिएको छ । काठमाडौंबाहिर सबैभन्दा धेरै शाखा विस्तार गर्ने ब्रोकर कम्पनीमा भिजन सेक्युरिटिज कम्पनी छ । यो कम्पनीले काठमाडौंबाहिर ११ वटा शाखा विस्तार गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*