हेटौंडा दरबन्दी भएकासहित २६ प्रहरी सम्पर्कविहीन

साझाकुरा
२०८० मंसिर ११, सोमबार ११:५७

हेटौंडा- हेटौंडास्थित बागमती प्रदेश प्रहरी कार्यालयमा दरबन्दी भएका एक प्रहरीसहित २६ जना प्रहरी सम्पर्कविहीन भएका छन् ।नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन भएको प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको छ । सूचनाअनुसार कैलाली घर भई हेटौंडामा कार्यरत् रविन चौधरी सम्पर्कविहीन भएका हुन् । चौधरी सहित बागमती प्रदेश प्रहरी कार्यालय मातहतका जिल्लाहरुमा कार्यरत् अन्य चार जना प्रहरी पनि सम्पर्क विहीन भएको सूचनामा उल्लेख छ । चारजना प्रहरीको नाममा प्रदेश प्रहरीले सूचना जारी गरेको हो । जानकारीबिनै दुई÷तीन महिनादेखि सम्पर्कविही भएपछि प्रहरी प्रधान कार्यालयले खोजी गरेको छ ।

लामो समयदेखि सम्पर्कमा नआएपछि २६ जनाको नाममा प्रहरी प्रधान कार्यालयले हाजिर हुन सूचना जारी गरेको छ । पहिलोपटक सूचना जारी गर्दासमेत हाजिर नभपछि प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन सूचना जारी गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*