रानी सामुदायिक वनको साधारणसभा

साझाकुरा
२०८० मंसिर ११, सोमबार ११:५८

हेटौंडा- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ चौघडास्थित रानी सामुदायिक वन उपभोक्ता समूहको साधारणसभा सम्पन्न भएको छ ।समूहको २७ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको हो । कार्यक्रम समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षता तथा डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत पुष्पराज बर्तौलाको प्रमुख आतिथ्यतामा भएको हो । साधारण सभाको अबसरमा विभिन्न विधाका १५ जना व्यक्तिलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा हेटौंडा–६ का वडाअध्यक्ष विष्णुबहादुर दाहाल, मकवानपुरगढी–३ का वडाअध्यक्ष भागवत घिमिरे, ४ का वडाअध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, हेटौंडा–६ का वडासदस्य विजय पौडेल, लेखराज ढकाल, मुना विक, सरिता सापकोटालगायत विभिन्न वन उपभोक्ता समूहका प्रतिनिधि, सहकारीका प्रतिनिधि, विद्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*