नेपाल स्काउट बागमती प्रदेशको युवामञ्च गठन
हेटौंडा- नेपाल स्काउट बागमती प्रदेशको आयोजनामा भएको ‘युथ फोरम २०२३’ र ‘स्काउट पिस एण्ड सेक्युरिटी तथा युुथ फोरम कार्यक्रम ५ दिने तालिम’ मंगलबार हेटौंडामा समापन भएको छ ।नेपाल स्काउट बागमती प्रदेश संयोजक शिवराम अर्यालको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा स्काउटका केन्द्रीय संयोजक लोकबहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । फिनल्याण्ड–नेपाल साझेदारी परियोजनाअन्र्तगत दुुइ दिन संचालन भएको शान्ति र सुुरक्षा तालिम कार्यक्रममा प्रोजेक्ट अफिसर प्रकृति उप्रेतीले सहजीकरण गरेकी थिइन् ।
विश्व स्काउटको युुवा सहभागितको विषयलाई लिएर बागमती प्रदेशस्तरीय युुथ फोरम २०८० सम्पन्न भएको हो । नेपाल स्काउटका राष्ट्रिय निर्देशक राम भट्टराईले विश्व स्काउट युुवा कार्यक्रम, युवाका सवाल र युुथ फोरमको अवधारणाबारे सहजीकरण गरेका थिए ।
युवा सहभागिता, नीति निर्माण र युवाका विकासका सवालमा कार्यक्रमहरु निर्माण गर्नको लागि नेपाल स्काउटले बागमती प्रदेशको युुथ फोरम गठन गर्नको लागि १३ वटै जिल्लाबाट आएका विभिन्न स्काउट क््रयूूबाट आएका युुवा सहभागीले नयाँ कार्यसमिति चयन गरिएको हो । भावना शाहको संयोजकत्वमा सौरब न्यौपाने, सम्भव कोइराला, रेजिना ढकाल, गोविन्द पराजुुली, प्रेमन ढकाल, आयुुष गिरी, प्रसन्न खनाल, सलिना श्रेष्ठ, दीक्षा दाहाल, र्शैलजा अधिकारी रहेको ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित सदस्यहरुलाई बागमती प्रदेश युुथ फोरम कार्यक्रमका निर्वाचन अधिकृत अशोक सारुमगरले प्रमाणपत्र वितरण गरेका थिए । सोही कार्यक्रममा राष्ट्रिय युवामञ्चको सहभागिताको लागि पनि १२ जना सदस्यहरु चयन गरिएको थियो ।
कार्यक्रमका प्रमुुख अतिथि नेपाल स्काउट राष्ट्रिय संयोजक भण्डारीले युुवाहरु अब स्काउटका हरेक तहमा नेतृत्व लिनको लागि तयार रहनुुपर्ने र गफ गरेर भन्दा काम गरेका कारणले अन्तराष्ट्रियस्तरमा नै नेपाल स्काउटले उच्च छवि बनाउन सफल भएको बताए । नेपाल स्काउटका केन्द्रीय समिति सदस्य विजेन्द्रलाल धोजु, स्काउट बागमती प्रदेश सदस्य अशोक सारुमगर, महेन्द्र राना, मकवानपुर जिल्ला पूर्वआयुक्त बेली थापा, पूर्वजिल्ला समन्वय आयुक्त ध्रुव विष्टलगायतको आतिथ्यतारहेको थियो ।







