कटुवा पेस्तोल र बुलेट बरामद
हेटौंडा- जिल्ला प्रहरी कार्यालय मकवानपुरले कटुवा पेस्तोल र बुलेट बरामद गरेको छ । प्रहरीले राक्सिराङ गाउँपालिका वडा नम्वर १ स्थित दुङुखोलाबाट अवैध कटुवा पेस्तोल १ थान र बुलेट २ थान बरामदगरेको मकवानपुरका प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।प्रहरीचौकी चैनपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले पेस्तोल र त्यसमा लाग्ने गोली (बुलेट) बरामद गरेको हो । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।







