लैगिकहिंसाविरुद्ध अभिमुखीकरण

साझाकुरा
२०८० मंसिर १३, बुधबार १०:४३

हेटौंडा- लैगिकहिंसाबिरुद्धको १६ दिने अभियान अन्तर्गत मनोसामाजिक तथा मानसिक स्वास्थ्य बिषयक स्यहारकर्ताहरुका लागि अभिमुखीकरण कार्यक्रम भएको छ । कोशिश मकवानपुरको आयोजनामा हेटौंडामा मंगलबार भएको कार्यक्रम सहभागीहरुले हिंसा निवारण, मनोसामाजिक स्वस्थ्य तथा लै·िक समानताको सवालमा छलफल गरेका थिए ।कार्यक्रममा स्वास्थकर्मी निर्मला लामाले लिंगको कारण हैन क्षमता सीप र योग्यताको आधारमा व्यबहार गर्नुपर्ने बताइन् । ‘आफूले आफैंलाई जित्न सकेको दिन व्यक्तिले संसार जित्छ’ लामाले भनिन् ‘सकारात्मक उर्जाको कारण हिंसा न्यूनीकरण हुनमा जग बस्छ ।’

भीमफेदी, मनहरी र हेटौंडाको विभिन्न वडामा रहेका मनोसामाजिक समस्या भएकाहरुको स्याहारकर्तालाई सचेतनाको रुपमा कार्यक्रम गरिएको कोशिश मकवानपुर प्रमुख सुनिरा लामाले बताइन् । महिला, पुरुष वा अन्य जुनसुकै लै·िक पहिचान भएपनि उनीहरुमाथि पहिचानको रुपमा हिंसा गर्न नहुने स्याङ्तानले बताइन् । सोचाइ र दृष्टिकोण सकारात्मक राख्न सहभागीलाई जानकारी गराइएको थियो ।

राज्यको हरेक तहमा विभिन्न प्रकारको हिंसा भोग्न परेको महिला तेस्रो लि·ी उपमा लामाले बताइन् । शारीरिक अवस्था हेरेर नभइ, एउटा सन्तानको रुपमा स्वीकार गर्न उनले सहभागीलाई अनुरोध गरिन् । यसैगरी कार्यक्रममा मानवअधिकार संगठन मकवानपुर अध्यक्ष शर्मिला श्रेष्ठले मानव अधिकारको सम्मानमा लिंग वा बर्गको सवालमा हेरिनु नहुने बताइन् ।

रिकभरी समूहका प्रतिनिधि उद्वब केसीले बालबालिका लागुऔषधमा फस्नुको कारण अभिभावकको कमजोरी हुनसक्ने बताए । उचित रेखदेख र निगरानीको अभावमा बालबालिका खराब लतमा फस्ने गरेको केसीले बताए । कार्यक्रममा जिसस मकवानपुरकी पूर्वउपसभापति भगवती पुडासैनीले आफूले हिंसा नगर्ने, हिंसा गरेको नसहने र हिंसाको प्रतिकार गर्नुपर्ने सुझाब दिइन् ।

अभिमुखीकरणमा लैंगिक हिंसाबारे जानकारी र यसको कारणले हुने मनोसमाजिक समस्या, लैंगिकहिंसा परेमा सहयोगका लागि उपलब्ध स्रोत र साधनबारे जानकारी, सहभागीहरुले मानसिक स्वास्थ्यको बारेमा जानकारी तथा व्यक्तिगत हेरचाहलगायतको जानकारी गराइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*