आजदेखि थाहा महोत्सव

साझाकुरा
२०८० मंसिर १४, बिहीबार १०:४३

आज १४ मंसिर बिहीवारबाट सुरु हुने चौथो थाहा महोत्सवका लागि तयार पारिएको संरचना । थाहा नगरपालिकाको ईन्द्रायणी चौरमा हुने महोत्सवको तयारी सकिएको आयोजक थाहानगर उद्योग वाणिज्य संघका महासचिव जर्म श्रेष्ठले जानकारी दिए । महोत्सव संघको मुख्य आयोजना तथा थाहा नगरपालिकाको आयोजना र ईन्द्रायणी कालाभैरव गुठीको सहआयोजनामा हुने भएको हो ।

मंसिर २६ गतेसम्म १२ दिन सञ्चालन हुने महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकटेलले गर्ने भएका छन् । उद्घाटन समारोहमा प्याराग्लाइडिङबाट पुष्पदृष्टि गर्ने कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिए । कुल २५० ओटा व्यापारी स्टल रहने महोत्सवमा कृषिउपज, घरेलु हस्तकला, स्थानीय उत्पादन, कुलेखानीको माछा, नेवारी परिकार बिक्री तथा प्रदर्शनी, सूचना प्रविधिसम्बन्धी जानकारी, दैनिक उपभोग्यलगायत सामग्री राखिने भएको छ । महोत्सव स्थल नजिकै मिनि तालमा डुंगा सयरको पनि व्यवस्था मिलाइएको छ । महोत्सवमा थाहा आइडलसँगै कलाकारहरुको प्रस्तुतीसमेत रहनेछ । तस्बिरः साझाकुरा ।

यसमा तपाइको मत

Your email address will not be published.


*