५२ बिगाहामा लगाइएको गाँजा खेती फडानी

साझाकुरा
२०८० मंसिर १४, बिहीबार १०:५३

हेटौंडा-जिल्ला प्रहरी कार्यालय मकवानपुरले राक्सिराङ र कैलाश गाउँपालिकामा लगाइएको लागूऔषध गाँजाखेती फँडानी गरेको छ ।प्रहरीटोली परिचालन गरी राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको ५२ बिगाहा ५ कठ्ठा गाँजाखेती नष्ट गरेको मकवानपुरका प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाको विभिन्न वडामा लगाइएको गाँजाखेती नष्ट गर्नको लागि आइतबारबाट १ सयजना प्रहरीटोली परिचालन गरिएको थियो ।

प्रहरीटोलीले सोमबार राक्सिराङ गाउँपालिका–७ स्थित एम्रोख, चैतटार, खर्लिङ, डुमरिया र चुहाना एरियामा लगाइएको ३३ बिगाहा ५ कठ्ठा गाँजाखेती फँडानी गरेको प्रहरी नायवउपरीक्षक भण्डारीले बताए । यसैगरी, सोही टोलीले जिल्लाको कैलाश गाउँपालिका–१ स्थित धरापडाँडा, डाँडाखर्कलगायत एरियामा लगाइएको १९ बिगाहा गाँजा फँडानी गरेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*