लागूऔषध ओसारपसारको आरोपमा दुईजना पक्राउ

साझाकुरा
२०८० मंसिर १४, बिहीबार ११:०६

हेटौंडा-लागूऔषधसहित हेटौंडाबाट मकवानपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका–३ लेवटबाट मंगलबार लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको हो । प्रहरीले चितवन रत्ननगर नगरपालिका–१२ बस्ने ३० वर्षीय महेश महतो र सोही स्थानका ३३ वर्षीय अजय लामालाई पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

उनीहरुलाई लागूऔषध कोरेक्स–३ बोतल र नाईट्राभेट–४५६ ट्याब्लेटसहित प्रहरीचौकी बसामाडीबाट खटिएको टोलीले पक्राउ गरेको हो । हेटौंडाबाट चितवन जाँदै गरेको ना ८ प ५४६७ नम्बरको मोटरसाइकलमा सवार महतो र लामालाई यो परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुबै जनामाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*