मोटरसाइकल दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

साझाकुरा
२०८० मंसिर १५, शुक्रबार ११:३०

हेटौंडा- मकवानपुरगढी गाउँपालिका–२ धवाडीपुलस्थित भित्रि सडकमा बिहीवार मोटरसाइकल दुर्घटनाहुँदा एकै परिवारका तीनजनाकोमृत्यु भएको छ ।७ नम्बर वडाकोसुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबाट १०÷१२ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक मकवानपुरगढी–२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङतानसहित उनको श्रीमती र ५ महिनाको शिशु (छोरी)को पनि मृत्यु भएको छ ।

भीमबहादुरलाई दुर्घटनाबाट टाउकोमा चोट लागि गम्भिर घाइते भएपछि हेटौंडा अस्पताल लगिएको थियो । उनको हेटौंडा अस्पतालमा उपचार सम्भवन नभएपछि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको थियो । मकवानपुरका प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीका अनुसार भीमबहादुरलाई चितवन लैजाने क्रममा बिहीवार सवा ४ बजे बाटोमै मृत्यु भएको छ ।मोटरसाइकलमा सवार अन्दाजी ३४ वर्षीया रुपा स्याङतानको घटनास्थलमा मृत्यु भएको डिएसपी भण्डारीले जानकारी दिए । मोटरसाइकलमा सवार अन्दाजी ५ महिनाको छोरीको पनि घटनास्थलमै मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*