बागमतीमा समिति सभापतिको टुंगो लगाउन बोलाइयो बैठक
हेटौंडा-बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशसभाका रहेको समितिहरुको सभापति टुंगो लगाउन आगामी १७ मंसिरमा सर्वदलीय बैठक बोलाएका छन् ।संसदीय समितिको विषय तथा प्रदेशको वर्तमान राजनीतिक अवस्थाबारे छलफलका लागि बैठक हुने भएको हो । प्रदेश सरकारका मन्त्रीहरुसँगको छलफल गरेर मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक राखेका हुन् । मुख्यमन्त्री जम्कट्टेलले बुधबार मन्त्रीहरुसँग नीति तथा कार्यक्रम कार्यान्वयको अवस्था तथा समस्यालगायतबारे छलफल गरे । प्रदेश सरकारका मन्त्रीहरुले अबदेखि हरेक महिना सम्पादन भएका कार्य–प्रगतिका विषयमा मुख्यमन्त्रीलाई ब्रिफिङ गर्ने पनि छलफल भएको जनाइएको छ ।
बागमती प्रदेशसभामा प्रदेश मामिला, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग पर्यटन तथा वातावरण समिति गरी पाँचवटा समिति छन् । समितिको सभापतिमा सबै राजनीतिक दलहरुको आ–आफ्नै दाबी रहँदा सभापति चयनको बिषय नै पेचिलो बन्ने देखिन्छ ।त्यसोत, प्रदेशमारहेका सात राजनीतिक दललाई नै भाग पु¥याउने उदेश्यले दुईवटा समिति थप्ने तयारीमा मुख्यमन्त्री जम्मट्टेल रहेको समेत चर्चा छ । यद्यपी, हाल यो बिषयको छलफल सुरु नभएको उनको दाबी छ ।







