चेपाङ महिलालाई कुचो बनाउने तालिम

साझाकुरा
२०८० मंसिर १६, शनिबार १०:३१

हेटौंडा-राक्सिराङ गाउँपालिकाले १२ जना महिलालाई परम्परागत अम्रीसोबाट कुचो बनाउने एकदिने तालिम दिएको छ । गैरसरकारी संस्था बिघ्नहर्ता नेपालले गाउँपालिकाका विभिन्न वडाका महिलालाई कुचो बनाउने प्रशिक्षकको रुपमा तयार गर्ने उद्धेश्यले तालिम दिइएको हो ।तालिममा चेपाङ समुदायका ज्ञद्द जना महिला सहभागी थिए ।उनीहरुलाई प्रशिक्षक बेदप्रसाद भट्टराईले गाउँघरमै उत्पादन हुने अम्रीसोबाट कुचो बनाउने प्रशिक्षण दिए । गाउँघरमा महिलाले परम्परादेखि नै जानेको कुचो बनाउने कामलाई ब्यावसायिक सीपको रुपमा विकास गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिइएको बिघ्नहर्ता नेपालका कार्यकारी उपाध्यक्ष रजिया बानुले बताइन् ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले स्थानीय उत्पादनलाई ब्यवसायिक रुपमा विस्तार गर्न तालिम फलदायी हुने बताए । विपन्न चेपाङ समुदायको जीवनस्तर र आयस्तर सुधार गर्न सीपमूलक कार्यक्रममा जोड दिइएको उनको भनाई छ । बिघन्हर्ता नेपालले केही वर्षयता राक्सिराङ गाउँपालिकाका विभिन्न वडामा अम्रीसो खेतीको प्रबद्र्धन गरिरहेको छ । अम्रीसो भीरालो पाखा, खोरीयाजस्ता बाँझो जमिनमा पनि सहजै उत्पादन गर्न सकिने भएकाले राक्सिराङमा यसको खेती गरी ब्यावसायिक लाभ लिन सकिने संस्थाका कार्यकारी उपाध्यक्ष बानु बताउँछिन् ।

अम्रीसोको कुचो तयार गरी बाँकी बसेको ढाँठबाट नेपाली कागज उत्पादन गर्न सकिन्छ । कागजबाट विभिन्न झोला, माला, श्रृङगार तथा गिफ्ट सामानहरु तयार गर्न सकिने बानुको भनाई छ । आफूहरुले परीक्षणको रुपमा विभिन्न सामग्री तयार गरी प्रबद्र्धन थालेको उनले बताइन् ।अम्रीसोबाट कागज उत्पादनका लागि राक्सिराङ गाउँपालिकामा कारखाना राख्ने योजना समेत छ । यसका लागि गाउँपालिकाले सहमति जनाइसकेको र आवश्यक जग्गा खोज्ने काम भइरहेको संस्थाका कार्यक्रम संयोजक लोक प्रजाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*