बोर्डले लियो १४ नम्बर वडामा खानेपानी व्यवस्थापनको जिम्मा

साझाकुरा
२०८० मंसिर १६, शनिबार १०:३७

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१४ मा बितरण हुँदै आएको खानेपानीको व्यवस्थापन हेटौंडा खानेपानी व्यवस्थापन अब बोर्डले गर्ने भएको छ ।शुक्रबार उत्तरपानीमा टसीलिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट संचालित २ सय ८८ वटा धारा, डिप बोरि· तथा पानी टंकी सहितको खानेपानी योजना बोर्डमा हस्तान्तरण भएसँगै वडाको खानेपानीको व्यवस्थापन बोर्डले गर्ने भएको हो ।

खानेपानी उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भएसँगै २०८० मंसिर महिनादेखि लागु हुनेगरी संचालनमा रहेका २ सय ८८ वटा धाराका उपभोक्ताले हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराएको मासिक १० हजार लिटर बराबरको खानेपानी निःशुल्क उपभोग गर्न पाउने भएका छन् ।

यसअघि १४ नम्बर वडामा रहेका मयूधाप खानेपानी तथा सरसफाई उपभोक्ता समिति, चुरियामाई संयुक्त खानेपानी तथा सरसफाई उपभोक्ता समिति र बनेलधाप कालापानी खानेपानी तथा सरसफाई उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भईसकेका छन् । बोर्डले पानी महशुल संकलनको लागि वडा न. १४ स्थित बनेलधापमा प्रत्येक महिनाको २२ गतेदेखि मसान्तसम्म महशुल संकलन काउन्टर संचालन गर्दै आइरहेको छ ।

खानेपानी उपभोक्ता समिति हस्तान्तरण कार्यक्रममा समिति अन्तर्गत विगत लामो समयदेखि कार्यरत कर्मचारीहरु रामसिंह थिङ र जयबहादुर थिङलाई उमेरहदको कारण अवकाश भएकोले कार्यक्रमका प्रमुख अतिथि एव उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामा, बिशिष्ट अतिथि उपप्रमुख राजेश बानियाँ, वडाध्यक्ष दीपक खड्काले दोसल्ला ओढाई, प्रमाणपत्र र नगदसहित सम्मान तथा बिदाई गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख लामाले उपमहानगरपालिकामा खानेपानीलाई व्यवस्थित गर्न र नगरवासीलाई सुविधा उपलब्ध गराउन उपमहानगरपालिकाले १० हजार लिटर पानीको महशुल निशुल्कगरेको वताइन् । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपमेयर बानियाँले निर्वाचनका वेलामा नगरवासीसमक्ष गरेका प्रतिवद्धता एकपछि अर्को गर्दै पुरा गरिरहेको वताए । वडाअध्यक्ष खड्काले खानेपानीको जिम्मा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई दिएपछि वडामा पानीको समस्या नभएको वताए ।

टसीलिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जगतबहादुर सिन्तानको अध्यक्षतामा भएको कार्यक्रममा बोर्डका अध्यक्ष प्रताप बिष्ट, बोर्ड सदस्य इन्द्रप्रसाद नेपाल, बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटा, भविष्य मध्यवती वन उपभोक्ता समितिका अध्यक्ष तीर्थ मोक्तान, १४ नं. वडाका वडासदस्यलगायत विभिन्न टोल विकास संस्थाका प्रतिनिको आतिथ्यता रहेको थियो ।

हेटौंडा खानेपानी व्यवस्थापन वोर्डमा खानेपानी उपभोक्ता समिति हस्तान्तरण हुनेक्रम वढ्दो रहेको छ । हाल बोर्ड अन्तर्गत वडा नं. १४ मा १ हजार ६९८ वटा धारा संचालनमा रहेको छ । बोर्डको सेवा क्षेत्रभित्र २६ हजार ५ सय धारा रहेको र बोर्डले प्रतिदिन २ करोड ५५ लाख लिटर खानेपानी उत्पादन गरी वितरण गर्दै आइरहेको खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष बिष्टले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*