अपाङ्गता भएका व्यक्तिको अधिकारबारे अभिमुखीकरण

साझाकुरा
२०८० मंसिर १६, शनिबार १०:४९

हेटौंडा-अपाङ्गता भएका व्यक्तिको अधिकारबारे शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडामा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । ३२ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा अपा·ता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी महासन्धि र दिगो विकासका लक्ष्यको अन्तरसम्बन्ध विषयक अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएकोहो ।

कार्यक्रम बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय हेटौंडाको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको समन्वयमा भएको हो । दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यवद्धता भन्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको अपा· सरोकार मकवानपुरका अध्यक्ष गणेशचन्द्र दवाडीले सहजीकरण गरेका थिए ।

सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका निमित्त सचिव गोपालप्रसाद कँडेलले मन्त्रालयले गरेका काम र आगामी नीति, कार्यक्रम तथा योजनाबारे जानकारी दिएका थिए । उनले प्रदेशमा अपा·ता भएका बालबालिकाको संख्या बढी रहेको बताउँदै तीमध्ये विद्यालयमा अध्ययन गर्नेको संख्या कम रहेको उल्लेख गरे । मन्त्रालयले अपा·ता भएका व्यक्तिको हकअधिकारबारे नीति तथा कार्यक्रम कार्यान्वयनमा केही त्रुटी रहेको उनको उनको भनाई छ ।

यस्तै, राष्ट्रिय अपा· महासंघ बागमती प्रदेश अध्यक्ष अस्विन लम्सालले दिवसको अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत ५ औं दिन अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।यसैगरी, हेटौंडा उपमहा नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखाकी मन्दिरा सापकोटाले स्थानीय तहले १० प्रतिशत बजेट छुट्याएको जानकारी दिइन् । स्थानीय तह भएपछि धेरै र थोरै रुपमा सम्पूर्ण पालिकाले आफ्नो आर्थिक श्रोतको क्षमताअनुसार बजेट छुट्याइएको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*