टोनी हेगन समृति पार्कमा आधा करोड रुपैयाँ लगानी
हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१० स्थित टिसिएनमा पार्क निर्माण गर्न सुरु गरेको ५ वर्ष भएको छ । यो बीचमा करिव अधा करोड रुपैयाँ लगानी पनि भएको छ । हेटौंडाको टीसीएन क्षेत्रको खाली जमिनमा सुन्दर पार्क निर्माण गर्ने योजना हेटौंडा उपमहनगरपालिकाका तत्कालीन नगरप्रमुख हरिबहादुर महतलगायतको थियो । हेटौंडा सहरको परिकल्पनाकार डा. टोनी हेगनको नाममा पार्क निर्माण गर्ने नगरको यो अभियान स्थानीयले सकारात्मक मानेका थिए । पार्कमा हेटौंडाको दृश्यावलोकन गर्न
मिल्ने भ्यूटावर पनि निर्माण गर्ने योजना थियो ।
स्वीट्जरल्याण्डका नागरिक डा. हेगन प्रसिद्ध भूगर्भविद् हुन् । राजा बीरेन्द्रले उनलाई नेपालको मानार्थ नागरिकता दिएका थिए । हेगनको जन्म सन् १९१७, मा र निधन २००३, मा भएको थियो । नेपाल स्वीस परियोजनासँग सम्बन्धित रहेका उनले नेपालको सुक्ष्म अध्ययन गरेका थिए । सन् १९५० मा उनी विकास विज्ञको रुपमा नेपाल आएका थिए । तत्पश्चात् उनी संयुक्त राष्ट्रसंघ विकास नियोगको प्रतिनिधिका रुपमा नेपालमा रहेर काम गरे ।
नेपालको बसाइमा सुरुको ९ वर्षमा उनले करिव १४ हजार किमि पैदलयात्रा तय गरी नेपालको परिचय गराउने पुस्तक प्रकाशन गरी अन्तर्राष्ट्रिय समुदायमा नेपालको परिचय दिलाएका थिए । नेपालको सेवामा करिव ५० वर्ष समय बिताएका उनले आफ्नो अनुभवलाई आफ्नो पुस्तकमा समेटेका छन् । सगरमाथा नेपालमा पर्छ भनेर प्रमाणीत गर्नेदेखि अन्नपूर्ण क्षेत्रको पदमार्गको पहिचान गर्ने कार्यमा डा. हेगनको योगदान रहेको थियो । नेपाल भ्रमण गर्ने उनी पहिलो विदेशी नागरिक हुन् । उनका २ छोरी र १ छोरा छन् ।
उनलाई नेपाल सरकारले प्राज्ञमा नियुक्त ग¥यो ।
त्यसैगरी उनी तत्कालीन सरकारले राजाको नाममा स्थापना गरेको वीरेन्द्र प्रज्ञा अलङ्कारबाट विभूषित भएका थिए । नेपालको संस्कृति, सम्पदा र सभ्यतासम्बन्धी अनेकौं दुर्लभ तस्विरहरु उनीसँग सुरक्षित थियो । त्यसलाई नेपालका अध्ययनकर्ताले उपयोग गरेका छन् । नेपालको अध्ययन गर्ने क्रममा उनी वि.सं. २०१४ तिर हेटौंडा आइपुगेका थिए । भारतबाट नेपाल प्रबेश गर्ने क्रममा पैदलै आएका हेगनले चुरियामाईको सुरुङ भएको स्थानबाट हेटौंडा आएको मानिन्छ ।
सालको रुख भएको स्थानमा मानववस्ती बस्न सक्छ भन्ने मान्यता उनीसँग थियो र आधुनिक हेटौंडाको रुपमा व्यवस्थित सहर बसाउने परिकल्पना गरे । त्यही परिकल्पनालाई हेटौंडा नगरपञ्चायतका पहिलो प्रधानपञ्च बासुदेव रिजालले कार्यान्वयनमा ल्याउने जमर्को गरेको पाइन्छ । हेटौंडाको वस्ती विस्तार र सहरीकरणको अवधारणाका सूत्रधार टोनी हेगनलाई हेटौंडावासीले सम्झना गर्नु उनीप्रतिको हार्दिक श्रद्धा हो भन्ने मान्यतास्वरुप उनको नाममा स्मृतिपार्क परिकल्पना गरी उनको नाममा पार्क र अर्धकदको सालिक राखिएको छ ।
मञ्चले तयार गरेको पार्कको गुरुयोजनामा भएका निर्माणलगायत अन्य कार्य प्राथमिकताका साथ गरिरहेको छ । विभिन्न निकायबाट स्रोत जुटाउँदै क्रमिक रुपमा कार्य गर्दै आएको छ । डा.टोनी हेगन स्मृतिपार्क विकास मञ्चको तेश्रो परिषद्को बैठक एवम् दोश्रो साधारणसभा शनिबार मञ्चका संरक्षक तथा निवर्तमान नगरप्रमुख हरिवहादुर महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय उद्यान महासंघ नेपालका उपाध्यक्ष रघुनाथ खुलाल र हेटौंडा–१० का वडाअध्यक्ष फुर्वादोर्जे लामाको विशेष आतिथ्यता रहेको थियो ।
मञ्चका अध्यक्ष इन्द्रप्रसाद नेपालको अध्यक्षतामा सम्पन्न साधारणसभामा हेटौंडा उपमहानगरपालिकाका विज्ञ सल्लाहकार डा.कृष्णप्रसाद धिताल, वरिष्ठ पत्रकार प्रताप विष्ट, नेपाल तामाङ घेदुङ संघका अध्यक्ष कालु घलान, नेत्रज्योति टोल विकास सस्थाका सचिव मोहनवहादुर खडकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सभामा हेटौंडा नगरको परिकल्पनाकार भूगर्भविद डा. टोनी हेगनको वारेमा वक्ताहरुले भनाई राखेका थिए । साधारणसभाको सहजीकरण मञ्चका सचिव रामप्रसाद शर्माले गरेका थिए ।
कार्यक्रममा विधान शंसोधन प्रस्तावलगायत मञ्चको कार्यक्रम प्रगति तथा आर्थिक प्रतिवेदन पास गरेको थियो । साधारण सभाले आगामी ३ वर्षका लागि कार्यसमिति, अनुगमन समिति र लेखा समिति सर्वसम्मत चयन गरेको छ । मञ्चको अध्यक्ष इन्द्रप्रसाद नेपाल, उपाध्यक्ष कृष्णप्रसाद दाहाल, सचिव रामप्रसाद शर्मा, कोषाध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की, सहसचिव सुरेश लामाव्लोनलगायत चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा सदस्यहरुमा पूmलमाया गुरुङ, मदनकुमार लामा, शर्मिला श्रेष्ठ, रीता कुमारी लामा, हीरा लामा, सोमबहादुर लामा चयन भएका छन् । मञ्चको लेखा समिति संयोजकमा गणेशमान श्रेष्ठ, सदस्यमा शंकर कुवर, संजयकुमार न्यौपाने चयन भएका छन् । त्यस्तै अनुगमन समितिका संयोजक भीमप्रसाद वास्तोला, सदस्यमा श्रीकृष्ण दवाडी र राजकुमार विश्वकर्मा चयन भएका छन् ।







