जनकल्याण सहकारीको साधारणसभा

साझाकुरा
२०८० मंसिर १७, आईतवार ०९:४८

हेटौंडा- हेटौंडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २७ औं वािर्षक साधाणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभालाई सम्वोधन गर्दै बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले सहकारीको माध्यमबाट गरिवी न्यूनीकरण गर्न सकिने बताए । सहकारीले उद्देश्यअनुसार शेयर सदस्यको जीवनस्तरमा परिवर्तन गर्न सक्ने भएकाले त्यस तर्फ आफ्ना कार्यक्रम लक्षित हुने पर्नेमा जोड दिए । जनकल्याण सहकारी संस्था देशकै उत्कृष्ठ सहकारी भएकाले यसले गर्ने क्रियाकलापले सहकारीको दीगो विकासमा सहयोग गर्ने बताए ।

सहकारीका अध्यक्ष हिमाल पौडेलले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष चेतनाथ खतिवडाले आर्थिक प्रतिवेदन, लेखा संयोजक दिपनराज आचार्यले लेखा समितिको प्रतिवेदन र महिला उपसमिति संयोजक रेखा मैनालीले महिला उपसमितिको प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा संस्थापक शेयर सदस्य खिलप्रसाद गौतम, रघुप्रसाद आचार्य, रमेशप्रसाद लामिछाने, प्रल्हाद शर्माआचार्य, ज्येष्ठ शेयरसदस्य ईन्द्रसिह थिङ, राममाया डिमडुङ, मासिक बचतकर्ता सानोकान्छा थिङ, बबिता थापालाई पुरस्कृत गरिएको थियो ।

उद्यमी ब्यवसायीतर्फ सुशीला श्रेष्ठ, मधुवन श्रेष्ठ, असली कारोवारीमा हेमाकुमारी तिमल्सिना, सोमप्रसाद रुपाखेती सञ्चारकर्मीतर्फ सिधाखवर डटकमका श्रीराम दाहाल पुरस्कृत भएका छन् । संस्थाले साधारण सभामा बाल बचतकर्ता, धेरै सदस्य बनाउने र एकैदिन सदस्यता लिने जोडीलाई समेत पुरस्कृत गरेको थियो । साधारणसभामा हेटौंडा–६ का वडाअध्यक्ष विष्णुबहादुर दाहाल, बागमती प्रदेश दुग्ध विकास बोर्डका सञ्चालक सदस्य एवम् संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारी, जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक सदस्य शंकर कालाखेती, हेटौंडा सहकारीका अध्यक्ष ईन्द्रबहादुर बस्नेत, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, सुनगाभा बहुउद्धेयीय सहकारीका अध्यक्ष रामहरि न्यौपाने, संस्थाका सल्लाहकार बद्रीबहादुर पाठक, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल लगायतको उपस्थिति रहेको थियो ।

२ हजार ८ सय १३ जना शेयर सदस्य रहेको यस सहकारीको शेयर पूँजी २ करोड ५३ लाख, निक्षेप २१ करोड १५ लाख र ऋण लगानी २० करोड ५ लाख रहेको छ । संस्थाका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो । सहकारी संस्थाका अध्यक्ष पौडेलद्वारा स्वर्गीय पिता जगनाथ पौडेलको स्मृतिमा स्थापित छात्रवृति बंशगोपाल मावि चौघडामा कक्षा ११ मा अध्ययनरत शान्तिकुमारी शाह र पवित्रा अधिकारीलाई प्रदान गरिएको छ ।

यसैगरि समाजसेवी तथा सञ्चारकर्मी भीमसेन पौडेलले आफनी स्व.धर्मपत्नी दुर्गादेवी पौडेलको स्मृतिमा स्थापित छात्रवृत्ति मामाघर नेपालमा आश्रय लिई आनन्दभैरब आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत श्रवण पहाडी, बंशगोपाल मावि, चौघडामा कक्षा ९ मा अध्ययनरत आश्मा राजभण्डारी र भानु मावि, मक्रान्चुलीमा कक्षा १० मा अध्ययनरत पूजा दाहाललाई प्रदान गरिएको छ । छात्रवृति रकम जनही ५ हजार रहेको छ । रकम निजहरुका आमा कृष्णकुमारी पौडेलले वितरणगरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*