चिन पुगे बागमती प्रदेशप्रमुख शर्मा

साझाकुरा
२०८० मंसिर १८, सोमबार ११:३७

हेटौंडा- बागमती प्रदेशका प्रदेशप्रमुख यादवचन्द्र शर्मा चीन भ्रमणमा गएका छन् । पाँच सदस्यीय टोलीसहित शनिवार उनी ६ दिनका लागि चीन भ्रमणका लागि प्रस्थान गरेका हुन् ।शर्मा २१ मंसिरमा नेपाल फर्कने कार्यक्रम रहेको छ । प्रमुखको भ्रमणटोलीमा प्रदेशप्रमुख शर्मा, पत्नी उर्मिला चौलागाईँ, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँ र प्रदेश प्रमुुखको कार्यालय बागमती प्रदेशका उपसचिव गोविन्दप्रसाद पौडेल रहेका छन् ।

जनवादी गणतन्त्र चीनको युनान प्रदेशबाट प्रदेशप्रमुख शर्माको नेतृत्वमा पाँच सदस्य भ्रमणटोलीलाई भ्रमणको लागि निमन्त्रण भई आएकाले टोली चिन प्रस्थान गरेको हो । भ्रमणबाट बागमती प्रदेश र जनवादी गणतन्त्र चीनका युनान प्रदेशबीच मित्रवत सम्बन्ध स्थापित भई कृषि, पर्यटनलगायतका क्षेत्रमा आपसी सहयोगको वातावरण सृजना हुने अपेक्षा गरिएको छ ।

बागमती प्रदेशप्रमुख शर्मा वैदेशिक भ्रमण चीनमा रहेकाले यसअवधिको कार्यभार गण्डकी प्रदेशप्रमुख पृथ्वीमान गुरुङले पाएका छन् । बागमती प्रदेशप्रमुखको अनुपस्थितिमा प्रदेशप्रमुखले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशप्रमुख गुरुङलाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*