गाँउपालिकाद्वारा आंशिक अपाङ्गता भएकालाई भत्ता

साझाकुरा
२०८० मंसिर १८, सोमबार ११:५९

हेटौंडा- मनहरी गाउँपालिकाले आंशिक अपाङ्गता भएका १ सय ३४ जनालाई परिचयपत्र र निर्बाह भत्ता रकम उपलब्ध गराएको छ ।३२ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अबसरमा मनहरी गाउँपालिकामा आयोजित कार्यक्रममा १ सय ३४ जना ग बर्ग (पहेंलो कार्ड) का अपा·ता भएका ब्यक्तिलाई रकम प्रदान गरिएको हो । उनीहरुलाई प्रतिब्यक्ति ५ हजार ४ सय रुपैयाँसहित ग बर्गको अपांगता परिचयपत्र गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले वितरण गरेका हुन् । राज्यले पूर्ण अपा·ता (क र ख वर्ग) भएका व्यक्तिलाई भत्ता वितरण गर्दै आएको तर, आंशिक अपा·ता भएका व्यक्ति कहिल्यै नसमेटिएकोले स्थानीय सरकारले जिम्मेवारी वहन गरेको कालाखेतीले बताए ।

अपाङ्गता भएका ब्यक्तिको सहज जीवनयापनका लागि गाउँपालिकाले आगामी दिनमा अझै बजेट बृद्धि गरी भत्ता उपलब्ध गराउने अध्यक्ष कालाखेतीले बताए । गाउँपालिकाबाट आंशिक अपा·ता भएका ब्यक्तिले पनि परिचयपत्र र भत्ता प्राप्त गरेकोमा अपा·ता क्षेत्रमा क्रियाशील संघसंस्था र ब्यक्तिमा खुशी छाएको अपा· स्वावलम्बन जीवन पद्दति केन्द्र मनहरीका अध्यक्ष दिलबहादुर स्याङ्बोले बताए ।

मनहरी गाउँपालिका सामाजिक विकास समितिका संयोजक अनन्तप्रकाश अर्यालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सीता पुलामी, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, सामाजिक विकास शाखाप्रमुख ज्ञानेन्द्र ढकाल, महिला तथा बालबालिका विकास शाखाप्रमुख शिला अधिकारी, एमआईएस अपरेटर दीपक अधिकारी, अपा· स्वावलम्बन जीवन पद्धति केन्द्र मनहरीका अध्यक्ष स्याङ्बो लगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*