अपाङ्गता भएका व्यक्तिको निःशुल्क बीमा गरिने

साझाकुरा
२०८० मंसिर १९, मंगलवार ११:४८

हेटौंडा-अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताका साथ निःशुल्क स्वास्थ्य बीमा गराउने राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले घोषणा गरेका छन् । विश्व अपाङ्गता दिवसको अवसरमा आइतबार राक्सिराङ गाउँपालिकामा गरिएको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले अपा·ता भएको व्यक्तिलाई पहिलो प्राथमिकता साथ निःशुल्क स्वास्थ्य बीमा सहित आयआर्जनको लागि विभिन्न प्रकारको तालिम गराई आत्मानिर्भर बनाउने घोषणा गरेका हुन् । अपा·ता भएका व्यक्तिलाई संरक्षण तथा सुरक्षा दिनु पालिकाको दायित्व रहेकोले अपा· कस्तो प्रकारको छ, उसको आवश्यकता अनुसार पालिकाले आयआर्जन गरी जीवननिर्वाहको लागि सहयोग गरिने उनको भनाई छ ।

सहभागीले सीपमूलक तालिमको आवश्यकता, स्वास्थ्य तथा दैनिक जीवननिर्वाहको पाटोमा सहयोग र पालिकाको नीति निर्माण गर्ने बेला सक्रिय सहभागी गराउन जोड दिएको छ । अध्यक्ष मल्लको अध्यक्षतामा भएको सम्वाद कार्यक्रममा प्रमुख प्रसशाकीय अधिकृत देवचन्द्र गर्तौला, ठाडेचुरे आधारभूत अस्पतालका मेडिकल अधिकृत डा. गजल पन्त, सामाजिक विकास शाखाप्रमुख गोविन्द अधिकारी, ५ नम्बर वडाअध्यक्ष हरिबहादुर प्रजा, ९ नम्बर वडाअध्यक्ष रामकुमार बाल्पा थिङ, ३ नम्बर वडाअध्यक्ष उत्तम वाइबालगायतको आतिथ्यता रहेको थियो । राक्सिराङ गाउँपालिकाको आयोजनामा भएको संवाद कार्यक्रमलाई राष्ट्रिय जनवकालत मन्च (नाफान)ले सहजीकरण गरेको थियो ।
अपाङ्गता समन्वय समिति गठन
विश्व अपाङ्गता दिवसको अवसरमा राक्सिराङ गाउँपालिकास्तरीय अपा·ता समन्वय समिति गठन गरिएको छ । गाउँ कार्यपालिका सदस्य चन्द्रमान प्रजाको संयोजकत्वमा ११ सदस्यीय अपाङ्गता समन्वय समिति गठन गरिएको हो ।समितिको सदस्यहरुमा मंगलबहादुर घलान, संचलाल वाइबा, होमबहादुर पाख्रिन, जितन प्रजा, सुरेश घलान, शंखलाल चेपाङ, शरद स्याङ्तान, फूलमाया स्याङ्तान, श्रीकृष्ण प्रजा र सदस्य सचिवमा गाउँपालिकाको महिला तथा बालबालिका शाखाप्रमुख गोमा पन्थी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*