गाँजासहित पदमपोखरीका विवेक पक्राउ

साझाकुरा
२०८० मंसिर १९, मंगलवार ११:५०

हेटौंडा-जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका–३ बाट लागूऔषध गाँजा सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरी बस्ने २१ वर्षीय विवेक सुनार रहेका छन् ।लागूऔषध ल्याउँदै गरेको भन्ने सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले करिब २ किलो ७ सय ग्रामसहित सुनारलाई आइतबार बिहान पक्राउ गेरको हो । बोरामा लुकाइ ल्याउँदै गरेको गाँजासहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*