ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु
हेटौंडा- हेटौंडा उपमहानगरपालिकामा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । हेटौंडा–१६ स्थित पानीस्वारामा ट्याक्टर पल्टिँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । आइतबार ट्याक्टर व्याक गर्ने क्रममा अनियन्त्रित भएर ट्याक्टर भिरबाट खस्दा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश साहले जानकारी दिए । आइतबार दिउँसो साढे ३ बजेको समयमा पानीस्वारामा मधेश प्रदेश ०३००१ त ६९८७ नम्बरको ट्याक्टर आफैं रुअनियन्त्रित भई भिरबाट ३०० मिटर तल खसेको उनले बताए ।
प्रहरी निरीक्षक साहकाका अनुसार दुर्घटनामा ट्याक्टर चालक बारा जिल्ला निजगढ–१३ का २६ वर्षीय डिलम थिङ र ट्याक्टरमा सवार सोही स्थानका ५६ वर्षीय जीतबहादुर थिङ रहेका छन् । उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको हो । केही दिनअघि मात्रै मकवानपुरगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका श्रीमान, श्रीमती र ५ महिने छोरीको मृत्यु भएको थियो । हप्ता दिन नबित्दै मकवानपुरमा ५ जनाको मृत्यु भएको छ ।







