भीमफेदीले युवा लक्षित सीपमूलक तालिम सञ्चालन गर्ने

साझाकुरा
२०८० मंसिर १९, मंगलवार १२:००

हेटौंडा- मकवानपुरको भीमफेदी गाउँपालिकाले युवालाई लक्षित गरी स्वरोजगार बनाउने र सीप सिकाउने उद्देश्य सहित सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ ।गाउँपालिकाले स्थानीय युवालाई स्वरोजगार बनाउने, सीप सिकाउन आधारभूत मोबाइल रिपेयरिङ, जेन्स हेयर कटिङ विकास तालिम, गार्मेन्ट सीप विकास तालिम र वर्कसप विकास तालिम दिने जनाएको हो ।

गाउँपालिकाका अनुसार ९ वटै वडामार्फत सीपसम्बन्धी तालिममा इच्छुकको निवदेन संकलन गरेर छनोट गरी तालिममा सहभागी गराइने छ ।आधारभूत मोबाइल रिपेयरिङ तालिममा सीप सिकेका युवालाई व्यवसाय सञ्चालन र आवश्यकता अनुसार प्रविधिको सहयोग समेत दिने तयारी भइरहेको तालिमकी सम्पर्क व्यक्ति अमृत गौतमले बताए । यस्तै जेन्स हेयर कटिङको तालिम पश्चात पनि व्यवसाय सुरु गर्न सहयोग गरिने गाउँपालिकाबाट जारी सूचनामा भनिएको छ ।

गार्मेन्ट तालिममा भने आधारभूत सिलाई कटाईको सीप सिकेको हुनुपर्ने व्यवस्था रहेको छ । सूचना अनुसार तालिम लिने युवा १८ वर्षदेखि माथि र ४५ वर्ष नकटेको हुनुपर्नेछ । गाउँपालिकाले निवदेनको आधारमा तालिमका लागि व्यक्ति छनोट गर्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*