मितेरी साकोसको चौमासिक समीक्षा

साझाकुरा
२०८० मंसिर १९, मंगलवार १२:०२

हेटौंडा- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ मा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको चौमासिक समीक्षा तथा तरलता व्यवस्थापन कार्यक्रम भएको छ ।शनिबार संस्थाका अध्यक्ष धनराज महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाले गरेका कार्तिकसम्मको आर्थिक प्रगति प्रतिवेदनमाथी छलफल गरिएको थियो । कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष दुतराज तितुङ, संस्थाका पूर्वअध्यक्ष मधुकर कार्की, निवर्तमान अध्यक्ष शान्तलाल लामा, सल्लाहकार केशव कार्की, विन्दु विष्टलगायत सञ्चालक समिति, लेखा समितिलगायत विभिन्न उपसमितिका सदस्य गरी ३१ जनाको सहभागिता रहेको थियो ।

समीक्षामा कार्तिक महिनासम्ममा भएका वित्तीय प्रतिवेदन संस्थाका व्यवस्थापक सरोज थापामगरले प्रस्तुत गरेका थिए । १५ करोड भन्दा बढीको कारोबार कार्तिकसम्ममा भएको संस्थाका सूचना अधिकारी एबम् ऋणअधिकृत उमेश बस्नेतले बताए । कार्यक्रममा संस्थाको शेयरपुजीँ, कर्जा लगानी, निक्षेप वृद्धिका विषयमा छलफल गरिनुका साथै तरलता व्यवस्थापनको विषयमा छलफल गरिएको सूचना अधिकारी बस्नेतले बताए ।

छलफल पश्चात आव २०८०÷८१ को वार्षिक बजेट एवम् रणनैतिक योजना अनुसार कार्यान्वयन गरिनुका साथै ऋण लगानी वृद्धि, भाका नाघेको ऋण र सदस्यस्ता वृद्धिका लागि विभिन्न कार्यहरु सञ्चालन गरिने संस्थाका व्यवस्थापक थापामगरले बताए । संस्थाले सवारी खरिद ऋणमा आधाआधा प्रतिशत कार्यान्वयन गरिने, मितेरी पूर्ण टोल बस्ती घोषणा कार्यक्रम गर्ने, ऋण ताकेतालाई निरन्तरता दिने, सदस्य विस्तार गर्ने, तरलता बढी हुँदा लगानीलाई विशेष प्राथमिकता दिएर जोखिम नबढ्ने गरी लगानी गर्ने जस्ता विषय निर्णय गरिएको व्यवस्थापक थापामगरले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*