सवारी दुर्घटनामा दुईजना गम्भीर घाइते
हेटौंडा- हेटौंडा उपमहानगरपालिकामा भएको दुईवटा छुट्टा छुट्टै सवारी दुर्घटनामा परेर दुईजना गम्भिर घाइते भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।सोमवार साँझ हेटौंडा–५ पुस्पलाल पार्क नजिक ना ६५ प ८१७० नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक हेटौंडा–५ सानोपोखराका ३२ वर्षीय रोहितबहादुर मराठ्ठी गम्भिर घाइते भएका छन् ।हेटौंडा–८ कमानेमा ना ६ त ९८६७ नम्बरको ट्याक्टरले प्र ३–०३–००१ प ६२८० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक हेटौंडा–८ मनकामनाचोक बस्ने ४६ वर्षीय बबि थापा गम्भिर घाइते भएकी हुन् ।
घाइते दुईजनाको चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालकलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ ।







