कृषि प्रदर्शनीबाट २१ कृषक पुरस्कारका लागि छनोट

साझाकुरा
२०८० मंसिर २०, बुधबार १०:४६

हेटौंडा-मकवानपुर थाहा नगरपालिकामा सञ्चालित चौथो थाहा महोत्सवमा आयोजित कृषि मेला प्रदर्शनीमा राखिएका विभिन्न कृषि उपजको नतिजा सार्वजनिक गरिएको छ ।
थाहानगरका करिब डेढसयको हाराहारीमा सहभागिता जनाएको कृषकमध्येबाट पुरस्कारका लागि नतिजा सार्वजनिक गरिएको हो । थाहा नगरपालिकाले प्रदर्शनीका कृषि उपजलाई विभिन्न सात समूहमा विभाजन गरी पुरस्कृत गर्न छनोट गरेको जनाएको छ । कृषिउपजको प्रत्येक समूहबाट पहिलो, दोस्रो र तेस्रो गरी ३÷३ जना किसानलाई पुरस्कृत गर्न लागिएको थाहा नगरपालिकाका कृषि विकास शाखाप्रमुख संजय तिवारीले जानकारी दिए ।

थाहा नगरपालिकाले सार्वजनिक गरेको प्रदर्शनीको नतिजा अनुसार काउली तथा जरे बालीतर्फ थाहा–२ को सुमित्रा घलानको काउली प्रथम भएको छ । थाहा–३ को राजकुमार घिसिङको ब्रोकाउली द्वितीय र थाहा–१ को अनिता सिन्तानले उत्पादन गरेको मुला तृतीय भएको छ । फलफूल समूहको तरकारी बालीतर्फ थाहा–२ को साननानी ढकालले उत्पादन गरेको फर्सी प्रथम भएको छ भने थाहा–६ को थाहा सिडको अकबरे द्वितीय र थाहा–४ को कुमार कार्कीले उत्पादन गरेको लौका तृतीय भएको छ ।

कन्दमूल बालीतर्फ थाहा–२ को कृष्ण कार्कीले उत्पादन गरेको पिडालु प्रथम, थाहा–१२ को देउतीमाया आलेले उत्पादन गरेको पिडालु द्वितीय र थाहा–२ को डोलकुमारी ढकालले उत्पादन गरेको बेसार तृतीय भएको छ । त्यस्तै फलफूल बालीतर्फ थाहा–१२ को भक्तबहादुर आलेमगरले उत्पादनगरेको एभोकाडो प्रथम भएको छ । थाहा–१२ कै क्षेत्रबहादुर आलेले उत्पादन गरेको सुन्तला द्वितीय र थाहा–६ को मजिरमान महर्जनले उत्पादन गरेको किबी तृतीयभएको छ ।

आलु बीउतर्फ थाहा–२ को भवानी धमालले उत्पादन गरेको कार्डिनल आलु प्रथम, थाहा–४ को रेशमबहादुर विष्टले उत्पादन गरेको कार्डिनल आलु द्वितीय र थाहा–३ का सानोभाइ खड्काले उत्पादन गरेको पर्पल टप आलुको बीउ तृतीय भएको छ । अन्न बालीतर्फ थाहा–२ को शिवराम कार्कीले उत्पदन गरेको देउती मकै प्रथम, थाहा–२ कै पार्वती ढकालले उत्पादन गरेको देउती मकै द्वितीय र थाहा–२ की रीताकुमारी थापाले उत्पादन गरेको कोदो तृतीय भएको छ ।

अन्य बालीतर्फ थाहा–१२ को दुर्गाबहादुर आलेमगरले उत्पादन गरेको कफी प्रथम, थाहा–६ को बाराही मौरी घारको सेरेना मौरी द्वितीय र थाहा–१२ कै भक्तबहादुर आलेमगरले उत्पादन गरेको कफी तृतीय भएको छ । प्रदर्शनीमा प्रथम, द्वितीय र तृतीय हुने कृषिउपज उत्पादक किसानलाई २५ मंसिरमा थाहा महोत्सव समापनको अवसरमा पुरस्कार वितरण गरिने थाहा नगरपालिका कृषि विकास शाखाप्रमुख तिवारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*