ट्रक र बस ठोक्किँदा पाँचजना घाइते
हेटौंडा- कान्तिलोकपथ सडकखण्ड अन्तरगत मकवानपुरको भीमफेदी–८ प्रताप डाँडामा ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।बुधवार दिउँसो परालको भुसा बोकेर काठमाडौं जाँदै गरेको ना ८ ख ६४९९ नम्बरको ट्रक काठमाडौंबाट हेटांैडा आउँदै गरेको बा ४ ख ५७८० नम्बरको बससँग ठोक्किएर भीमफेदी–८ मा पल्टिएको हो ।
दुर्घटनामा ट्रक चालक सर्लाही बागमती नगरपालिका–१ का २५ बर्षीय नारायणबहादुर रायमाझी घाइते भएका छन् । उनको दाहिने खुट्टा र टाउकोमा चोट लागेको र उपचारको लागि हेटौंडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । बसमा सवार ४ जना सामान्य चोट लागेको र ट्रक र बस घट्नास्थलमै रहेको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।







