भूकम्पपीडितलाई पालुङ जेसीजको २५ हजार

साझाकुरा
२०८० मंसिर २१, बिहीबार १०:३६

हेटौंडा- थाहा नगरपालिकामा क्रियाशील पालुङ जेसीजले कात्तिक १७ गते जाजरकोटको भूकम्पपीडितलाई राहत उपलब्ध गराउन २५ हजार २५ रुपैयाँ नेपाल जेसीजमार्फत पठाएको छ ।जेसीज सदस्यहरुको सक्रियतामा स्थानीयस्तरमा संकलन गरी नेपाल जेसीजमार्फत भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा पठाउनको लागि रकम नेपाल जेसीजको खातामा मंगलबार जम्मा गरिएको पालुङ जेसीज वर्ष २०२३ का कानुनी सल्लाहकार निरज रायमाझीले बताए ।

भूकम्प गएलगत्तै पालुङ जेसीजले स्थानीयस्तरमा संकलन गरेको रकम र जेसीजको विपत राहत कोषमा जम्मा भएको रकम पठाईएको रायमाझीले बताए । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने जेसीजको नारालाई आत्मसाथ गर्दै भूकम्पपीडितको घाउमा थोरै भएपनि मलम लगाउनको लागि पालुङ जेसीजले नेपाल जेसीजमार्फत् सहयोग रकम पठाएको पालुङ जेसीज वर्ष २०२३ का अध्यक्ष संगम कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*