गीति नाटकबाट लैगिंकहिंसाविरुद्ध सचेतना
हेटौंडा- लंैगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत बिहीबार गीति नाटक प्रदर्शन गरिएको छ । हेटौंडा उपमहानगरपालिका–१० वडा कार्यालयको आयोजना तथा सामुदायिक सेवा उपकेन्द्र बसपार्क, साना हातहरु नेपाल मकवानपुर, माइती नेपाल मकवानपुर र हिमराइट्स मकवानपुरको समन्वयमा हेटौंडा बसपार्कमा गीति नाटक प्रदर्शन गरिएको हो ।हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य साधना श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर जिल्ला समन्वय समिति पूर्वप्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो ।
गीति नाटकद्वारा बोक्सीको आरोपमा समाजले दिएको पीडा, महिलामाथी हुने जबर्जस्ती करणीका घटना, समाजमा रहेको कुसंस्कार, विभिन्न कुसंस्कारको कारण महिलाले भोग्नुपर्ने दुःख, समाजमा अपा·ता भएका व्यक्तिको समस्या, यातायातमा यात्राको क्रममा महिलामाथी हुने हिंसा जस्ता समाजका विकृतिलाई गीति कथा मार्फत देखाइ समाजमा चेतना जगाउन खोजिएको थियो ।
गीति नाटक प्रदर्शन कार्यक्रममा १० नम्बर वडाअध्यक्ष फुर्वादोर्जे तामाङ, सामुदायिक प्रहरी सेवाउपकेन्द्र बसपार्कका अध्यक्ष प्रदीप कडेल, माइती नेपाल कार्यालय संयोजक माया लामा, साना हात नेपाल मकवानपुर शाखा कार्यालय स्टेसन म्यानेजर डिकम्बर रुपाचा, नारी संरक्षण केन्द्रकी अध्यक्ष दीपा गुरुङ, कोसिसकी सुमिरा लामा, मानवअधिकार संघ मकवानपुरकी अध्यक्ष सर्मिला श्रेष्ठ, भुटनदेवी युवाक्लब अध्यक्ष सविन तामाङ, हिमराइटसकी कुमारी वाइवालगायत विभिन्न संघ सस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
लैंिगकहिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको एक्यवद्धता भन्ने नाराका साथ लैंगिक हिंसा रोकथामका लागि मंसिर ९ गतेदेखि सुरु भएको लैंिगकहिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत मकवानपुरमा विभिन्न संस्थामार्फत लंैगिकहिंसा सम्बन्धी कार्यक्रम भइरहेको छ । मंसिर ९ गतेबाट सुरु भएको अभियान २४ गते विभिन्न कार्यक्रम गरी अन्त्य हुने जनाइएको छ ।