भ्रष्टाचार संस्कारको रुपमा विकास भएकोमा मुख्यमन्त्रीको चिन्ता

साझाकुरा
२०८० मंसिर २४, आईतवार १२:१७

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्रीशालिकराम जम्कट्टेलले भ्रष्टाचार संस्कारको रुपमा विकास भएकोमा चिन्ता व्यक्त गर्दै यसको अन्त्य हुनुपर्ने बताएका छन् ।भ्रष्टाचारविरुद्धकोअन्तर्राष्ट्रिय दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री जम्कट्टेलले नेपालको सन्दर्भमा भ्रष्टाचारको कोणवाट हेर्दा हामी कुन स्थानमा छौं प्रस्ट रहेको औंल्याउँदै भ्रष्टाचार संस्कारको रुपमा विकास हुँदै गएको अहिलेको समयमा भ्रष्टाचार तथा भष्ट्राचारजन्य कार्यको समुल अन्त्य गरिनु पर्ने बताए ।

राणाकालीन समयदेखि हालसम्म विरासतको रुपमा उहीपरम्परालाइ अगाडि बढाउँदै लगिएको देखिन्छ यसको मुख्य दोष राजनीतिक नेतृत्वको भएको उनले बताए ।‘राजनीतिक नेतृत्वले निष्पक्ष, स्वार्थरहित र पारदर्शी रुपमा काम गर्ने हो भने भष्ट्राचार नियन्त्रण हुन्छ’ उनले भने ‘खबरदारी सवैभन्दा पहिला राजनीतिक नेतृत्वलाइगर्नुपर्छ ।’ भ्रष्टाचार भनेको सरकारमा रहेको वेला हुने र बाहिर भएको वेला नहुने भन्ने कुरा हुन्न यसको गम्भीर समीक्षा गर्न जरुरी रहेको उनले बताए ।

एकको विरुद्द अर्काे अख्तियारमा बेनामे निवेदनको आधारमा थुपै मुद्दाहरु रहेका छन् मुख्यमन्त्री जम्कट्टेलले भने ‘अख्तियार पनि निष्पक्ष हुनुपर्छ । वर्षाैसम्म एउटै निवेदनको समस्यामा अल्झिरहनु भन्दा अख्तियारले उजुरि दर्ता गर्नुअघि नै हो÷होइन गम्भिरतापूर्वक लिएर दर्ता गर्नुपर्छ ।’ उजुरीकर्ताले उद्देश्य के लिएको छ र परिणाम के आउँछ ? भन्ने कुराप्रति अख्तियारले ध्यान दिनुपर्ने उनले बताए । भ्रष्टाचार निवारणको निम्ति एकले अर्काेलाई दोषी देख्न नहुने सहयोगको भावले काम गर्नुपर्ने उनले बताए । ‘मुलुकमा यति धेरै परिवर्तन गर्न सकेका छौं भ्रष्टाचार निवारण गर्न नसक्ने भन्ने हुँदैन’ उनले भने ।

हरेक वर्ष डिसेम्वर ९ का दिन भ्रष्टाचारविरुद्दको अन्तर्राष्ट्रिय दिवस मनाउँदै आइएको छ । यसै सन्दर्भमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसरमा भएको कार्यक्रम बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायको सभाध्यक्षता तथा बागमती प्रदेश मुख्यमन्त्री जम्कट्टेलको प्रमुख आतिथ्यता भएको हो ।आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ, जिल्ला समन्वय समितका प्रमुख ललित घलान, अख्तियार हेटौडा कार्यालय तथा प्रदेश र जिल्लास्थित कार्यालयका कर्मचारी लगायतको उपस्थितिमा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*