ध्वनी प्रदुषण नियन्त्रण गर्न ध्यानाकर्षण

साझाकुरा
२०८० मंसिर २५, सोमबार १०:०९

हेटौंडा- मकवानपुरमा ध्वनी प्रदुषण नियन्त्रण गर्न ध्यानाकर्षण गराइएको छ । जनसरोकार केन्द्र मकवानपुरले आइतबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै ध्वनी प्रदुषण नियन्त्रणका लागि ध्यानाकर्षणगराएका हुन् ।जनसरोकार केन्द्र मकवानपुरका संयोजक ध्रुबप्रसाद चौलागाईले प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईलाई ध्यानाकषर्णपत्र बुझाउँदै बढ्दो ध्वनी प्रदुषण नियन्त्रण गर्न आग्रह गरे । ध्वनी प्रदुषणका कारण मकवानपुरका नागरिक समस्यामा पर्दै आएको भन्दै केन्द्रले सो सम्बन्धमा प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका अन्य सरकारी निकाय एवम् बिभिन्न राजनीतिक दलहरुलाई पनि ध्यानाकर्षण गराइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*