प्रदेशप्रमुख शर्मा अस्पताल भर्ना

साझाकुरा
२०८० मंसिर २५, सोमबार १०:१०

हेटौंडा- बागमती प्रदेशका प्रदेशप्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन् ।प्रमुख शर्मा शनिबार विहानदेखि ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन् । प्रदेशप्रमुख शर्माका प्रमुख स्वकीय सचिव पारसमणि फुुँयालका अनुसार शर्माको काठमाडौंको हेल्पिङ् ह्याण्ड्स सामुदायिक अस्पताल चावहिलमा उपचार भइरहेको छ । स्वास्थ्य परीक्षणका क्रममा प्रमुख शर्मालाई निमोनिया देखिएको फुुँयालले जानकारी दिए । उपचारत प्रदेशप्रमुख शर्माको अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको निजी सचिवालयले जनाएको छ । प्रमुख शर्मालाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अस्पतालले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*