बसपार्कबाट गाँजासहित दुईजना पक्राउ
हेटौंडा-जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका–१०, स्थित बसपार्कबाट लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । सडकमा शंकास्पद अवस्थामा हिंडिरहेका कैलाश गाउँपालिका–१ डाँडाखर्क बस्ने १९ वर्षीय नवीन स्याङतान र सोही स्थान बस्ने १९ वर्षीय सुजीत स्याङतानलाई लागूऔषध गाँजा ७ किलो ३ सय ३० ग्रामसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीप्रमुख प्रहरीउपरीक्षक सीताराम रिजालले जानकारी दिए ।
यसैगरी, पर्साको बीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट शनिबार साँझ लागूऔषध खैरोहेरोइनसहित एकजना पक्राउ परेका छन् । शनिबार साँझ १ ग्राम २१० मिलिग्रामसहित हेटौंडा उपमहानगरपालिका–११ बस्ने ४० वर्षीय समिर लामा पक्राउ परेका हुन् । प्रहरीचौकी इनर्वा र लागूऔषध नियन्त्रण व्यूरो पर्साबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आइरहेका लामालाई लागूऔषधसहित पक्राउ गरेको हो ।







